ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा

ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ भाद्र २०७४
  • 7.9K
    Shares

नेपाल इन्जिनियरिङ कलेज

गैरनाफामूलक संस्थाको रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिका लागि वितरण गर्ने विवादास्पद निर्णय भएको छ । संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएको हो ।

कलेज स्रोतबाट  प्राप्त कागजातमा कलेजको खातामा रहेको रकममध्ये सात जना सञ्चालकलाई एक करोड ५० लाख रुपैयाँका दरले बाँड्ने निर्णय गरेको उल्लेख छ । ‘कलेजका संस्थापक सञ्चालकहरू र निजका परिवारले २५ वर्षदेखि गरेको योगदानलाई कदर गर्दै,’ निर्णयमा भनिएको छ, ‘सबै सञ्चालकलाई डेढ करोड रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भयो ।’ केही सञ्चालकहरूले रकम भुक्तानी समेत पाइसकेका छन् । यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार