राष्ट्र ठुलो विपतिमा परेको छ सबैले सहयोग गर्नुपर्छ ः शिक्षा मन्त्री श्रेष्ठ

राष्ट्र ठुलो विपतिमा परेको छ सबैले सहयोग गर्नुपर्छ ः शिक्षा मन्त्री श्रेष्ठ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ साउन २०७४
  • 7.8K
    Shares

३१ साउन पोखरा । तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।

पोखरा १ बगर टुडिखेलबाट शुरु भएको प्रतियोगितात्मक ट्होटें र्यालीमा फूलवारी तमु समाज प्रथम हुदै पुरस्कृत भएको छ । प्रथम भएको फूलवारी तमु समाजले १५ हजार, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत भएको हो । यस भन्दा अघि सबै भन्दा बढी करिब १२ पटक फूलवारी तमु समाज सर्वोत्कृष्ठ हुदै पुरस्कृत भइसकेको छ ।

प्रतियोगितामा दुधपोखरी तमु समाज दोश्रो, चिउली पार्चे तमु समाज तेश्रो हुदै क्रमश १० र ५ हजार रुपैयासहित ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत बन्यो । यसरी नै युवा सहभागीतामा जोगीमणी तमु समाज उत्कृष्ठ हुदै ५ हजार रुपैयासहित पुरस्कृत भयो । यसैगरी बगर तमु समाज, सुर्यमुखी तमु समाज र सिमपानी तमु समाजले सान्त्वना स्थान हासिल गर्दै जनही तीन हजार रुपैयासहित पुरस्कृत भयो ।
यसरी नै घाँटु र झोडासहित सहभागी कोल्माबहाकोट तमु समाज र आँधीखोला तमु समाजलाई जनही दुई हजार रुपैयासहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्पुर्ण पोखरा वासी तथा तमु जातीलाई वाढि पहिरोको चपेटामा परेको राज्यको जनतालाई समवेदना प्रकट गर्दै सबै नेपाली मिलेर राहत तथा उद्धार कार्यमा लाग्न आग्रह गरेका छन ।

पोखरा लेखनाथ महानगरपालिका तमु धिं नेपालले ट्होटें पर्वको अवसरमा आयोजित कार्यक्रममा वोल्दै शिक्षा मन्त्री श्रेष्ठले सबैले राज्यलाई सहयोग गर्नुपर्ने वताएका हुन । ‘अहिले राज्य ठुलो विपत्तिमा परेको छ, राज्यले राहत विपदमा परेकालाई सहयोग गरेको छ तपाईँहरुले पनि जति सक्नुहुन्छ त्यति नै सहयोग गर्नुुस’ उनले वताए । ट्होटे पर्वले घर समाज र राज्यमा भएका सम्पुर्ण दुःख पिडा हटाई शत्रुको नाश हुने विश्वासका साथ पर्व मनाइरहदा मन्त्री श्रेष्ठले वाढिपिडितको सहयोग गर्नुनै राज्यको दुःख हट्ने भन्दै पर्वको शुभकामना दिदैँ सहयोगको लागि अपिल गरेका थिए ।

विजेता समाजहरुलाई विशेष अतिथी कास्कीका प्रमुख जिल्ला अध्यक्ष तारानाथ अधिकारी, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले पुरस्कृत गर्नुभएको थियो ।

यसैविच ट्होटे समारोहमा सगरमाथा आरोही तमु चेलीहरु संखुवासभाकी भुमिका तमु र गोरखा गुम्दाकी नानुमाया तमुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

 

प्रतिक्रिया