पोखरामा गोली लागेको अवस्थामा मृत चितुवा भेटियो

पोखरामा गोली लागेको अवस्थामा मृत चितुवा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ साउन २०७४
  • 6.8K
    Shares

पोखरा, ३१ साउन/ पोखरा लेखनाथ महानगरपालिका पुम्दीभुम्दीस्थित काहुँलेपानीमा मृत अवस्थामा चितुवा भेटिएको छ । मरेको चितुवालाई स्थानीयले बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । छोरेपाटन प्रहरी चौकीको टोली घटना स्थलमा पुगेको थियो । प्रहरीले उक्त मरेको चितुवा जिल्ला वन कार्यालयलाई बुझाएको थियो ।

चितुवाको घाँटीमा गोली लागेर मरेको जिल्ला वन कार्यालय कास्कीका अधिकृत केदार बरालले बताए । ‘चितुवाको पोस्टमार्टम गर्दा घाँटाीमा गोली लागेको देखियो,’ बरालले भने, ‘चितुवालाई नियोजित ढंगले कसैले मारेको हुन सक्छ ।’ बरालले चितुवाको छाला काडेर मासु खाड्ल खनेर गाडिएको बताउ । उनले चितुसवालाई नियोजित रुपमा मारिएकोले त्यसको अनुसन्धान हुने बताए ।

कसैले चितुवालाई मारेको पुष्टि भएमा १० हजार रुपैयाँ र ६ महिना देखि २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको बरालले बताए ।

प्रतिक्रिया