श्रावन ३१ पोखरा,आश तमु/ पोखराको दुई छुट्टा छुट्टै स्थानमा ११ लाख २३ हजार २६० रकम सहित १८ जना जुवाडेहरुलाई कास्की प्रहरीले सुचनाको अधारमा प्रकाउ गरेको छ।
पोखरा लेखनाथ महानगर वडा न ७ स्थित भु पु ब्एँ खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ५७ हजार ६१० नगद र ६ वुक तास सहित १० जना र महेन्द्रपुल स्थित भुपेन्द्र हिराचनको घरमा १० लाख ६५ हजार ६५० नगद र ८ बुक तास सहित ८ जनालाई प्रकाउ गरि थप अनुसन्धान कार्वाही भैइ रहेको जिल्ला प्रहरी कास्कीका नायव उपरीक्षक खत्र बहादुर खत्रीले बताए।
प्रकाउ पर्नेमा हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को अर्जुन घर्ती , बर्ष ३६ को विनोद थापा बर्ष ३८ को होत बहादुर खत्री , पोलेमनपा ८ सृजनाचोक बस्ने बर्ष २८ को दिनेश कार्की, ४ गैह्रपाटन बस्ने बर्ष २५ को चन्द्र नेपाली ,बर्ष ५२ को नारायण पोख्रेल , बर्ष ५२ को ईश्वर थापा , हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ४० को खुम गुरुङ बर्ष ४९ को गगन बस्नेत,भारत मोतीहारी घर भई हाल ऐ।ऐ।बस्ने बर्ष ४२ को ललन गुप्ता र महेन्द्रपुल स्थित भुपेन्द्र हिराचनको घरको पाचौं तला माथी जुवा तास खेलिरहेको अबस्थामा जिल्ला तनहू शुक्लागण्डकी ५ खैरेनिटार बस्ने बर्ष ७६ को ज्वाहारचन,जिल्ला कास्की पोखरा लेखनाथ मनपा१० बस्ने बर्ष ५१ को भुपेन्द्र हिराचन,११ बस्ने बर्ष ४९ का भिम बहादुर तिमिल्सेना, ९ नागढुगा बस्ने बर्ष ४८का यज्ञ कुमार गौचन,१० रामबजार बस्ने बर्ष २८ का नविन गौचन,५ मालेपाटन बर्ने बर्ष ३८ का ठाकुर प्रसाद गुरुङ,८ बस्ने बर्ष ३५ कि संगिता गुरुङ,१८ बस्ने बर्ष ३५ कि कृष्ण कुमारी गुरुङ रहेका छन।