आश तमु पोखरा / पोखराको रामबजारमा शुक्रबार देखि तायमचा नाच महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय लाखे नाच प्रतियोगिता समपन्न भएको छ।
दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा लाखे नाच तर्फ आप पिपल नेवाः खल पालुङटार गोरखा र तायमचा नाच तर्फ भिमसेन टोल प्रथम भएको छ। प्रथम हुनेमा आप पिपल नेवाः खल पालुङटार गोरखा ,दितिय हुनेमा भैरब टोल लेखे नाच समिति पोखरा,बालगोपाल भजन कृतन सेवा समिति गौंडाको मुख पोखरा र तायमचा नाच तर्फ भिमसेन टोल प्रथम, भैरव टोल दोस्रो र मोहोरिया टोल तेस्रो भएको छ।
प्रचलित तायमचा नृत्य प्रतियोगितामा प्रथम हुनेले रु ३५ हजार १ सय ३५ र रु १५ हजार बराबरको खिङ्ग बाजा पुरस्कार स्वरुप पाएका छन् । त्यसै गरि द्धितिय हुनेले रु २१ हजार १ सय २१ का साथ ख्याली र प्रमाणपत्र, तृतिय हुनेले रु १२ हजार १ सय १२ र यसैगरि लाखे तर्फका पुरस्कारमा प्रथम हुनेले रु २० हजार १ सय २१, द्धितियले १२ हजार १ सय १२, तृतियले ७ हजार ७ सय ७७ पुरस्कार पाएका छन। विजेता टोलीलाई कार्यक्रममा प्रमुख अतिथि विन्द्यावासिनी धार्मिक क्षेत्र सरक्षण समितिका अध्यक्ष गणेश श्रेष्ठले पुरस्कार बितरण गरेका थिय।
नेवार समुदायमा प्रचलित गाइजात्रा पर्वको सन्दर्भमा लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि लाखे नाच,तायमचा नाचप्रतियोगिता आयोजना गरिएको आयोजक रामबजार तायमचा नाच समिती का अध्यक्ष तथा कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले बताए