पोखरामा डा.के.सीको पक्षमा सोमबार बिहान ११ बजे देखि रिले अनसन

पोखरामा डा.के.सीको पक्षमा सोमबार बिहान ११ बजे देखि रिले अनसन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ साउन २०७४
  • 7.1K
    Shares

पोखरा/ नागरिक समाज पोखराले पूर्व निर्धारित कार्यक्रम अनुसार डा. गोविन्द के.सी.को ११ औं पटकको सत्याग्रहलाई समर्थन गर्दै संकलित हस्ताक्षर सहित ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको छ ।

उक्त कार्यक्रममा बरिस्ठ अधिवक्ता तिलक पराजुली , नागरिक अगुवा आनन्द राज मुल्मी, राम बहादुर पौडेल, ईन्द्रकमल मानन्धर, सुजन गुरुङ, बिष्णुहरी अधिकारी लगायतको उपस्थिती रहेको थियो । नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन–पत्रमा डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका जायज माग राखी आमरण अनशन गरेकोले स्वास्थ्य अवस्था गंभीर रहेकोमा उहाँको जीवन रक्षार्थ पहल गरियोस ,यो डा. केसीको मात्रै माग होइन, यो ३ करोड नेपाली जनताको आवाज हो, तसर्थ डा. केसीले उठाउनु भएका सम्पूर्ण मागहरु अविलम्ब पूरा गरियोस । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकारको प्रत्याभूतिका लागि माथेमा प्रतिवेदनको कार्यान्वयन गरियोस भन्ने माग उल्लेख रहेको थियो ।

उक्त कार्यक्रममा भोली सोमबार बिहान ११ बजे देखि शहीद चोक, शहीद पार्क भित्र रिले अनसन सुरु हुने जानकारी समेत गराइएको थियो । नागरिक अगुवा धीरज थापाका अनुसार रिले अनसन ४ जनाको समुहमा ६-६ घण्टामा फेरिने गरी बस्ने छ । बिहान ११:०० बजे बाट सुरु हुने समुह साँझ ५:०० बजे सम्म बस्ने छ। त्यसैगरी साँझ ५:०० देखी राती ११:०० र राती ११:०० देखी बिहान ५:०० गरी चल्ने छ । रिले अनसनको लागि पोख्रली समुदायलाई समेत आवश्यक समर्थनका लागि नागरिक समाज पोखराले अनुरोध गरेको छ । रिले अनसन बस्न चाहनेहरुलाई आफ्नो नाम दर्ता गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया