कानून तथा न्याय मन्त्री थापाको भाषणले छोएन मजदूर तथा महिलालाई

कानून तथा न्याय मन्त्री थापाको भाषणले छोएन मजदूर तथा महिलालाई


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ साउन २०७४
  • 12.6K
    Shares

कानून, न्याय तथा संसलीय ब्यवस्था मन्त्री एवं नेपाली कााग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा नेपाली कााग्रेस कास्कीको प्रांगणमा आफ्नो पार्टीका महिला कार्यकर्ताहरुतिर हेरेर कसम खाादै थिए,”म मेरै पालामा महिला आयोग सम्बन्धि कानून बनाउाछु र महिला आयोग बनाएरै छाड्छु ।”

कोही टाउकोमा चश्मा लगाएका, कोही, गलामा माला लगाएका सफा र चट परेका ब्लाउज अनि साडी लगाएका महिला कार्यकर्ताहरुलाई उक्साउादै मन्त्री थापाले थपे, “व्यवस्थापिका संसदको भोलिको बैठकमा पुरानो मुलुकी ऐन बिस्थापित गराउन नयाा विधेयक पेश हुन्छ र आगामी एक हप्ताभित्र सो विधेयक पारित भएर नयाा कानून आउाछ । त्यसपछि पुरानो मुलुकी ऐन सम्बन्धि चारवटा किताब पल्टाउनुपर्ने झन्झट समाप्त हुन्छ ।” मन्त्री थापाले यस्तो भनिरहादा कार्यक्रमस्थलमा नै खानेपानी टंकीको लागि खाडल खनिरहेका दुई जना मजदूरहरुलाई भने त्यस कुराले कुनै प्रभाव पारेन ।

सुकिला-मुकिला लुगा लगाएका आफ्ना कार्यकर्ताहरुतिर फर्केर सम्बोधन गरिरहादा मन्त्री यज्ञबहादुर थापाको ध्यान ती मजदूरहरुतिर गएको थिएन । कुममा च्यातिएको लुगा लगाएकी ती महिला मजदूरले मुलुकमा नयाा कानून आउन लागेको सुनेर टक्क अडिइन् र मन्त्री थापातिर हेरिन् । अनि तुरुन्तै आफ्नो काममा तल्लीन रहिन् । व्यवस्थापिका संसदमा प्रस्तुत हुने तयारीमा रहेको भनिएका मुलुकी ऐन विस्थापन गर्न बनेको विधेयक र महिला आयोग सम्बन्धि विधेयकमा के के छ भन्ने बारे पछि बताउने बताएका मन्त्री थापाले आफ्ना कार्यकर्ताहरुलाई आश्वासन दिंदै अघि भने, “अहिले संविधानमा ५० प्रतिशत महिला सहभागिता बारे आवाज नउठाउनुहोस् । पछि क्षतिपूर्ति भरौंला, अहिलेलाई ३३ प्रतिशत महिला सहभागिताको कुरामा चित्त बुझाउनुस् ।”
मन्त्री यज्ञबहादुर थापाले आगामी माघ ७ गतेभित्र तीनैतहका चुनाव गराउन आवश्यक पर्ने कानून निर्माण कार्य जारी रहेको बताउादै ती कानून निर्माणका लागि व्यवस्थापिका संसदमा छलफल जारी रहेको जानकारी दिए । उनले आगामी चुनावहरुमा सबै कााग्रेसी कार्यकर्ताहरु एकजुट भएर जानुपर्ने कुरामा जोड दिंदै विगतमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई हराउने जो कोही नेता तथा कार्यकर्ता भएपनि पार्टीबाट घोक्राएर लखेट्न निर्देशन दिए ।
निर्माणाधिन अवस्थामा रहेका मुलुकी ऐन विस्थापन गर्न बनेको विधेयक र महिला आयोग सम्बन्धि विधेयकले कानूनको रुप लिंदा मजदूर तथा महिला र किसानहरुका आवाजलाई के कति समेटेर आउाछ । त्यो भने हेर्न बााकी नै छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आफ्ना कार्यकर्ताहरुमाझ गरेका वाचा कसम के कति पूरा गर्छन् । त्यो थाहा पाउन प्रतिक्षा गर्नुको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार