पोखरामा महिला पत्रकार आश्था नेपाली माथी प्रहरीले गरे दुर्व्यवहार(भिडियो सहित)

पोखरामा महिला पत्रकार आश्था नेपाली माथी प्रहरीले गरे दुर्व्यवहार(भिडियो सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ साउन २०७४
  • 18.4K
    Shares

आश तमु / पोखरामा महिला पत्रकार माथी प्रहरीले दुर्व्यवहार गरेको छ। सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङमा रहेका सचार केन्द्र डट कमकी पत्रकार आश्था नेपाली माथी प्रहरीले क्यामेरा खोसी अपशव्द समेत प्रयोग गरेको हो।

टेण्डर प्रकियाको खारेजीको माग गर्दै आज ३७ औ दिन सम्म पनि आन्दोलनमा रहेका व्यापारीहरु र प्रहरी वीच भनाभन हुदा तस्बिर र भिडियो लिईरहेका सचार केन्द्र डट कमकी महिला पत्रकार आश्था नेपाली माथी वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले क्यामेरा खोस्न खोजेका थिय,साथै अन्य प्रहरीले पत्रकार माथी हातपात समेत गरेको थियो।

सस्तो बजारमा चोरी डकैती गरेर फरार हुन लागेको एक युवालाई व्यापारीहरुले आफ्नो कब्जामा ल्याउन खोज्दा प्रहरीले आफ्नो भ्यानमा हाली बैदाम चौकी लएको र इन्स्पेक्टर र व्यापारी कुरा गर्दै गर्दा भिडियो लिने बेला हात-पात समेत गरेको उनले बताइन्   ।

पत्रकार नेपालीले आफु पत्रकार हो भनी कार्ड देखाउदा पनि प्रहरीले “त पत्रकार हो वा होइन मलाई के थाहा” भन्दै धकेलेर दुर्व्यवहार गरेको वताइन। निरीक्षक बसन्त शर्मा ग्रिह मन्त्री जनादर्न शर्माका नजिकका भतिज हुन। शर्मा पोखरा आए लगतै स्थानीयहरुले निरीक्षकको बोली चाली र व्यवहार राम्रो नभएको एक स्थानीयले बताए।

क्रान्तिकारी पत्रकार सङगठनका सदस्य समेत रहेका पत्रकार महिला आस्था नेपाली माथी भएको दुर्व्यवहार प्रती क्रान्तिकारी पत्रकार सङगठन गण्डक धौलागिरीका प्रमुख तथा केन्द्रीय सदस्य ओम हमाले विरोध जनाएका छन।

प्रतिक्रिया