२१ साउन, । रौतहटमा पानीको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।
गरुडा नगरपालिकामा सडक बनाउने खनेको खाल्डोमा डुवेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवाल साहका दुई छोरीहरु १२ वर्षीया संगीता र ९ वर्षीया सुनिता रहेका छन् ।
त्यसैगरी सोही ठाउँका जोगिन्दर साहका छोरी ९ वर्षीया सुनैना साह र प्रेम साहकी छोरी ९ वर्षीया सुमित्रा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारका लागि खनिएको खाल्डोमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ ।