बाढीको बितण्डा, नवलपरासीमा एकबालक सहित तीनजना बेपत्ता

बाढीको बितण्डा, नवलपरासीमा एकबालक सहित तीनजना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ साउन २०७४
  • 7.5K
    Shares

नवलपरासी । अभिरल बर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासीमा एक बालकसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी भइरहे पनि अझैसम्म फेला परेका छैनन् ।

बाढीले बगाउँदा शनिवार (आज) बिहानै एक बालकसहित दुईजना बेपत्ता भएका थिए । यस्तै बिहीवार एक पुरुष बेपत्ता भएका थिए ।

शनिबार बिहानै पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार