रेखा शर्मालाई माओवादी केन्द्र प्रमुख सचेतकको जिम्मेवारी

रेखा शर्मालाई माओवादी केन्द्र प्रमुख सचेतकको जिम्मेवारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ साउन २०७४
  • 6K
    Shares

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्माले पाएकी छन् । संसदीय वोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । यसअघि शर्माले सचेतकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नुअघि शर्मा सचेतक थिइन् ।

सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएकी शर्मालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि पठाउनुपर्ने दबाव पार्टीभित्र थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार