आफ्नै काकी बलात्कार गर्ने माओवादी केन्द्रका नेता चलाउने पक्राऊ

आफ्नै काकी बलात्कार गर्ने माओवादी केन्द्रका नेता चलाउने पक्राऊ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ साउन २०७४
  • 5.2K
    Shares

आफ्नै काकी बलात्कार गरेको आरोपमा सल्यानको ढोरचौर गाउपालिकाका वडा नम्वर २ का निर्वाचित सदस्य धनेशकुमार चलाउने पक्राऊ परेका छन् । चलाउनेलाई काकीलाई बलात्कार गरेको आरोपमा साउन ६ गते पक्राऊ गरिएको सल्यान प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । ती बलात्कत महिला चलाउनेको घरमा डेरा गरेर बस्दै आएकी थिइन ।

घरमा कोही नभएको अबस्थामा साउन ३ गते राती चलाउनेले नाताले काकी पर्ने महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा पक्राऊ परेका चलाउने बैशाख ३१ गते सम्पन्न स्थानिय तह पहिलो चरणको निर्बाचनमा माओबादी केन्द्रबाट निर्बाचित वडा सदस्य हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार