विप्लव निकट अखिल(क्रान्तिकारी)कास्कीको २१ औ जिल्ला सम्मेलन भाद्र ३१ र ३२ मा

विप्लव निकट अखिल(क्रान्तिकारी)कास्कीको २१ औ जिल्ला सम्मेलन भाद्र ३१ र ३२ मा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ साउन २०७४
  • 15.2K
    Shares

आश तमु, पोखरा/ २१ औ कास्की जिल्ला सम्मेलनको तयारीमा रहेको विप्लव निकट अखिल(क्रान्तिकारी)ले सम्मेलनको पुर्व सन्ध्यामा सङगठन विस्तारलाई तिब्रता दिईेको छ।
भाद्र ३१ र ३२ गते गर्ने २१ औ जिल्ला सम्मेलनको तयारी रहेकोले व्यापक कास्की जिल्लामा सञ्चालित विधालय र क्यामपसहरुमा व्यापक सङगठन विस्तार गरिएको सम्मेलन आयोजक कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख आश तमुले बताएका छन।
हाल सम्म विस्तारको क्रममा पोखरा लेखनाथ महानगरपालिका भित्रका जनप्रीय माबि सिमल चौरमा शान्ति श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन भएको छ। त्यसै गरी नयाबजार स्थीत महेन्द्र मा विमा सुनिल बिकको अध्यक्षतामा ३५ सदस्यीय, अभियानकै क्रममा इन्द्रराज्यलक्ष्मी मा वि मा बिक्रम थापाको संयोजकता मा २३ सदस्य,विन्ध्याबासिनी मा वि बाटुलेचौरमा प्रभात मगर को अध्यक्षतामा २३  सदस्यीय कमिटी गठन गरिएको तमुले बताएका छन।

सङगठनको राष्ट्रिय सम्मेलनको समेत तयारीमा रहेकोले श्रावन ४ गते भएको जिल्ला भेलाले कास्की जिल्लाका अध्यक्ष मिलन राईको सयोजकत्वमा ३५ सदस्यीय २१ औ कास्की जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको थियो।

प्रतिक्रिया