जिल्ला समन्वय समिति कास्कीमा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित, काँग्रेसले समर्थक र प्रस्तावक नै पाएन

जिल्ला समन्वय समिति कास्कीमा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित, काँग्रेसले समर्थक र प्रस्तावक नै पाएन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ साउन २०७४
  • 7.2K
    Shares

जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेका उम्मेदवार निविरोध निर्वाचित भएका छन् । एमालेकातर्फबाट जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा बैनबहादुर क्षेत्री र उप्रमुखखमा सावित्री भण्डारी निर्विरोध निर्वाचित भए भने सदस्यहरुमा बृहस्पती सापकोटा, विष्णु पौडेल, सिता वि.क, गोमा अधिकारी, तोरण बानियाँ, जगनमाया गुरुङ र अल्पसंख्यकतर्फबाट रुकबादुर कुमाल निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार, कास्कीमा सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो । एमाले बाहेक अरुको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारहरु निविरोध निवाचित भएका हुन् ।
कास्की जिल्लामा रहेका पाँच तह मध्य पोखरा लेखनाथ महानगरपालिका, माच्छापुच्छे गाँउपालिका, मादी गाँउपालिका र रुपा गााउपालिकामा एमालेले जितेको छ भने काँग्रेसले अन्नपूर्ण गाँउपालिकामा प्रमुख मात्र जितेको छ । जिल्ला समन्वय समितिमा महानगर, गाँउपालिका प्रमुख र उप्रमुख मतदाता हुने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समितिमा एक भोट मात्रै भएकाकारण काँग्रेसले समर्थक नै नपाउने अवस्था आएपछि उम्मेदावरी दर्ता गराउनै गएन ।
जिल्ला समन्वय समिति कास्कीमा अरुको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवार निविरोध निवाधित भएपनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन साउन १८ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले त्यसपछि मात्रै निविरोध निवाचित भएको घोषणा गरिने छ । समन्वयको निर्वाचनको मिति भने साउन २० गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार