पोखरा सस्तो बजार व्यवसायी र प्रहरी विच झडप

पोखरा सस्तो बजार व्यवसायी र प्रहरी विच झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ साउन २०७४
  • 9.9K
    Shares

पोखरा, १२ साउन पोखरा स्थित लखनचोमा सडक फुथपाटमा ब्यवसायी गर्दै आएका ब्यवसायी र प्रहरी विच आज विहान झडप भएको छ ।

लखनचोक क्षेत्रको सडक फुटपाथ अतिक्रमण रोक्नका लागी प्रहरी, नगरपालिकाका कर्मचारी तथा शसत्रप्रहरीको टोलीले हटाउन खोज्दा झडप भएको हो । झडप हुदा नगरपालिकाका कर्मचारी पुरुष्त्तोम थापा घाईते भएका छन भने ब्यवसायी तर्फ चार जना सामान्य घाईते भएका बताईएको छ ।

घाईते थापाको गण्डकी मेडिकल क्लेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पोखराको लखनचोकस्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ रहेका व्यवसायीहरुले बिगत केही दिनदेखि सडक पेटीमा नै व्यवसाय गरिरहेका छन । आफ्नो दैनिकी गुजारा त्यहि ब्यवसायबाट चलाउदै आएका ब्यवसायीले सस्तो बजार भित्र रहेको करिव चार लाख बरावरको सामान नष्ट भएको दाबी गरेका छन ।

विषेश गरि तरकारी फलफुल लगाएतका खाद्यान्न नष्ट भएको जनाइएको छ । लामो समयसम्मको प्रकरण सम्बन्धि समस्या समाधान गर्न ब्यवसायीहरुले भने सस्तो बजार सम्बन्धित ब्यक्ति र संघसंस्थाहरुलाईै बुधबार बार्तामा आउन अब्हान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार