ठुलो मात्रामा पोखरामा लागुऔषध सहित युवक पक्राउ

ठुलो मात्रामा पोखरामा लागुऔषध सहित युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 13.1K
    Shares

पोखरा । वडा प्रहरी कार्यालय बगर कास्कीको प्रहरी टोलिले ठुलो मात्रा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा एक युवकलाई पोखरा लेखनाथमहानगरपालिका २ बागलुङ वसपार्कबाट पक्राउ गरेको छ।

भैरहवाबाट पोखरा आउने रात्रि बसमा हरियो झोलामा लागुऔषध सहित पोखरा आएका रुपन्देही जिल्ला मायादेवि गाउँपालिका ५ लुठावाका २१ वर्षिय वासुदेव वराई नाम गरेका उक्त युवकलाई विशेष सुचनाका आधारमा विहान ४ बजे पक्राउ गरीएको वडा प्रहरी कार्यालय बगर कास्कीका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले बताउनु भयो ।

पक्राउ परेका उनिबाट प्रहरीले ६० ट्याबलेट नाईट्रोभयाट, ५० एम्पुल डाईजापाम,५० एम्पुल फेनरागन, र ५० एम्पुल नुर्फिम लागुऔषध समेत बरामद गरेको छ । पक्राउ परेका उक्त युवकलाई लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्किले थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया