नेपाली काँग्रेस कास्कीले गरे छ जनालाई कारबाही

नेपाली काँग्रेस कास्कीले गरे छ जनालाई कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 9.9K
    Shares

पोखरा । नेपाली काँग्रेस कास्कीले छ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको क्षेत्र नं ४ का सभापति पोषनाथ शर्माले जानकारी दिएका छन् ।

कारबाहीमा पर्नेमा माछापुच्छे गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उनको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् । उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताएका छन् । रासस

साउन ८ गते, २०७४

प्रतिक्रिया