भाउजुको क्रियामा बसेका देवर गुरुङको मृत्यु

भाउजुको क्रियामा बसेका देवर गुरुङको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ साउन २०७४
  • 6.4K
    Shares

बर्दिया। बर्दिया मधुवन नगरपालिकामा भाउजुको क्रियामा बसेका देवर भिमबहादुर गुरुङको मृत्यु भएको छ ।

गत साउन १ गते भाउजु धनसरी गुरुङको ६० बर्षको उमेरमा मृत्यु भएपछि क्रिया गर्न बसेका ५० वर्षीय देवर भिमबहादुरको बिहीबार राति मृत्यू भएको हो ।

भाउजुका २ छोरा विदेशमा रहेका कारण देवर भाउनजुको क्रियाका बसेका थिए । क्रियामा बसेको ५दिनमा भिमबहादुर विरामी भए पछि  अस्पताल लगिएको थियो । उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छिमेकी पदम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

मृतक भिमबहादुरका दुई छोरा पनि विदेश मै छन । छोरा घरमा आउने अवस्था नभएकोले उनका भाई मनबहादुर गुरुङले उनको काजक्रिया गर्ने आफन्तले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार