ओली गएको कार्यक्रम देउवा र प्रचण्डद्वारा बहिष्कार

ओली गएको कार्यक्रम देउवा र प्रचण्डद्वारा बहिष्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असार २०७३
  • 42.1K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहिष्कार गरेका छन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदको आयोजनामा बिहिबार काठमाडौंमा भएको राष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए ।

सुरक्षा सम्बन्धी महत्वपूर्ण सवालमा देउवा र प्रचण्ड अनुपस्थित भएको भन्दै प्रधानमन्त्री ओलीले वैठकमा आलोचना गरे । राष्ट्रिय सुरक्षा कुनै एउटा मन्त्रालयको मात्र चासोको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा हितका सम्बन्धमा सबै जन एक हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवा र प्रचण्डलाई बोलाइएको थियो ।

सुरक्षा परिषदको उक्त गोष्ठी ओलीलाई साथ दिँदै आएका उपप्रधानमन्त्री कमल थापाले पनि बहिष्कार गरे । परिषद् प्रति असन्तुष्टी जनाउँदै राप्रपा नेपालले कार्यक्रम बहिष्कार गरेको स्रोतले बताएको छ ।

कार्यक्रममा बोलाइएकी सभामुख ओनसरी घर्ती पनि कार्यक्रममा अनुपस्थित रहिन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा एमाले बष्ठि नेता माधव नेपाल लगायत भने उपस्थित भएका थिए ।

प्रतिक्रिया