सार्बजनिक बिदाको दिन सरकारी गाडी चलाएर दुरुपयोग गरेको भन्दै विप्लब नेतृत्वको नेकपा माओवादी कास्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिबको गाडीलाई नियन्त्रणमा लिएर जनतासंग माफी माग्न लगाई प्रहरीको जिम्मा लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री राज्य मन्त्री मुस्ताक अलामका स्वकीय उप सचिब राजु पौडेलले सार्बजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गरेर सवारीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो ।
कास्कीको सार्दीखोला गाबिसमा उनलाई विप्लब माओवादीका इलाका इन्चार्ज परिवर्तन र युवा टिमले नियन्त्रणमा लिएको थियो ।
इलाका इन्चार्ज परिवर्तनले सरकारी गाडीको दुरुपयोग गरेकाले आफुहरुले समातेको र जनताको माझमा माफी माग्न लगाएर छाडेको बताए ।