लाइसेन्स वितरण तथा नविकरण रोकेको भन्दै यातायात व्यवस्था कार्यालयको मुल गेटमा तालाबन्दी

लाइसेन्स वितरण तथा नविकरण रोकेको भन्दै यातायात व्यवस्था कार्यालयको मुल गेटमा तालाबन्दी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ साउन २०७४
  • 13.8K
    Shares

चालक अनुमति पत्र -लाइसेन्स वितरण तथा नविकरण रोकेको भन्दै  सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् ।

सर्बर बिग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्रहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् ।

चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । सर्बर विगि्रएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ ।

मंगलबार पनि सर्बरमा समस्या आएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विगि्रएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार