प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरे

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ साउन २०७४
  • 7.2K
    Shares

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए । सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् ।

२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए ।

यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्वीर: श्रीधर पौडेल

प्रतिक्रिया
सम्बन्धित समाचार