मधेशलाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका डा.सिके राउतले सर्भेक्षणको नाममा डरलाग्दो योजना ल्याएका छन् । उनले मधेश केही बर्षभित्र स्वतन्त्र हुने भन्दै त्यसका लागि १० लाख मधेशीलाई रोजगारीको योजना ल्याएका हुन ।
आउने ६ बर्षभित्रमा मधेश स्वतन्त्र राज्य भईसक्ने बताउँदै सो बेलाको संक्रमण अन्त्य गर्न रोजगारीको योजना ल्याएको बताएका हुन । देश चलाउन जनशक्ति चाहिने हुँदा मधेश स्वतन्त्र भएपछि १० लाखको संख्यामा रोजगारी र नोकरीको संम्भावना रहेकाले सो अभियान सञ्चालन गरिएको जनाउ दिएका हुन । उनले सोका लागि सामाजिक सञ्जाल मार्फतपनि अपिल गरेका छन् ।
१० लाख मधेशी रोजगारी परियोजना नाम दिईएको सो अभियानमा जसलेपनि आवेदन दिन सकिने उल्लेख गरेका छन् । सो अभियान अन्तरगत madhesh.com/jobs मार्फत अहिले नै आवेदन दिन सकिने ब्यवस्था गरिएको छ ।
सो अभियानमा देश तथा विदेशमा रहेकालाई आब्हान गरिएको छ । रोजगारीका आवेदनका लागि ठाँउ–ठाँउमा जव स्टल,जव क्याम्प र जव फेयर गरिने बताईएको छ । उनले रोजगारीको अवसर कहाँ र कसरी हुने भन्नेबारे भने केही खुलाएका छैनन् ।