भिषण बर्षा पछी रामेक्षापमा बाढी “३ जना बेपता,२ जनाको मृत्यु”

भिषण बर्षा पछी रामेक्षापमा बाढी “३ जना बेपता,२ जनाको मृत्यु”


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ साउन २०७४
  • 30.3K
    Shares

पोखरा/ भीषण वर्षापछि रामेछाप जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिम्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना हराइरहेका छन् ।

शनिवार रातिको अविरल वर्षाका कारण आइतबार विहान करिव ३ बजेतिर आएको बाढी र यसै साथ आएको पहिरोले बगाउँदा लिखु गाउँपालिकाको वडा नं ६ मा रहेका चार वटा घर बगाएको छ ।

बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका  ७५ वर्षीया  लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीकाे रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीकाे शव तामाकाेसीकाे हलेदीमा फेला परेकाे छ । खत्रीकाे हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।

खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।

हालसम्म चार जना बेपता भएको पुष्टि भएपनि खिम्ती–फर्पु सडक निर्माणका लागि खोला किनारामा बसेका ११ जना मजदुर पनि वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।

मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल समेत बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार