आश तमु पोखरा/ विप्लब नेत्रीत्वको नेकपा माओबादी निकट अखिल(क्रान्तिकारी) प्राविधिक विभागले ईन्जिनियर अध्ययन सस्थान पुल्चोक ललितपुर डिन प्रा डा त्रिरत्न बज्राचार्य लाई ९ बुदे ज्ञापन पत्र पेश गरेका छन।
बिज्ञानले विश्व बदलेको बेला नेपालको शिक्षा त्यसमा पनि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्र दिननुदिन कमजोर र गुणस्तरहिन बन्दै गएको भन्दै दुख व्यक्त गरेका छन। शिक्षा क्षेत्रमा बढ्दै गएको माफिया र दलालीकरणले ईन्जिनियर शिक्षामा समेत प्रवेश गरेको प्रती सर्तक रहन अनुरोध समेत गरेका छ्न।
एका तिर बिधार्थी पहुच नहुने गरी चर्को शुल्क छ भने अर्को तर्फ नीतिगत र व्यवस्थापकिय त्रुटीकाकारण विधार्थीहरु शैक्षिक दलालहरु मार्फत मुलुक बाहिर गईरहेको,जुन कुराले जनशक्ति पलाएन गराउने र राष्ट्रीय पुजी बाहिर जाने काम भएकोमा सम्बन्धित पक्षको ध्यान नगएको प्रति इङ्गित गर्दै ईन्जिनियरीङ जस्तो महत्वपुर्ण क्षेत्रमा देखिएको विक्रीति अन्त्य गर्ने र यसलाई गुणस्तरीय र मर्यादित बनाउने उदेश्य सहित माग पत्र पेश गरेको विभागका प्रमुख लोकेश विश्वकर्मा द्दारा हस्ताक्षरित माग पत्रमा उल्लेख गरेक छन।
हेर्नुस के के उल्लेख छन माग पत्रमा
१ हालसालै वृद्धी गरिएको परिक्षा फारम शुल्क खारेज गरीयोस् ।
२ प्रवेश परीक्षा र भर्ना अवधी छोटो बनाइयोस् ।
३ आंगीक र सम्वन्धन प्राप्त कलेजहरुमा छात्रावृति सिट संख्या वृद्धी गरीयोस् ।
४ उपत्यका बाहिर आंगीक र सम्वन्धन प्राप्त कलेजहरुको बिस्तार गरीयोस् ।
५ अनियमित प्राध्यापकलाइ कारर्वाही गरी दक्ष एव नियमित प्राध्यापकहरुको व्यवस्था गरीओस् ।
६ विदेश पलायन हुनुपर्ने विद्यार्थीको वाध्यतालाई निर्मुल गर्न कलेजहरुको सेवा सुविधा मुल्याङन गरी संकाय र सिट संख्या थप गरीयोस् ।
७ इन्जिनियरीङको आवश्यकता एव दक्षतालाई ख्याल गदै गणीतमा २०० पूर्णाङको व्यवस्था कायम गरीयोस् ।
८ तयारी कक्षाका नाममा विद्यार्थीलाई लुट्ने र विदेशी विश्वविद्यालयको दलाली गर्ने कार्यको अन्त्य गर्न संस्थानको स्वयमले प्रि– ईन्जिनियरीङ कोषको व्यवस्था गरीयोस ।
९ विदेशी विश्वविद्यालयमा पढन जाने र फकिएयर आउने विद्यार्थिलाइ संस्थान, यूजिसी या काउन्सिलको नो अब्जेशन लेटरको अनिवार्य व्यवस्थाको लागि पहल गरियोस् ।