पोखरा उद्योग वाणिज्य संघका अध्यक्षको छुद्र र क्रुद्ध अभिव्यक्ति 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षको छुद्र र क्रुद्ध अभिव्यक्ति 


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असार २०७४
  • 51.2K
    Shares

 

पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा स्थापना भएको नेपाल पत्रकार महासंघ कास्की शाखाको मिडिया सेन्टर उद्घाटनका क्रममा वुधवार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निकै छुद्र र क्रुद्ध अभिव्यक्ति दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा उनले पत्रकार महासंघलाई भिखारीको संज्ञा दिएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका पालिखेले आफ्ना बुवा दयाशंकर पालिखेको नाम वेच्दै सम्पूर्ण पोखराका पत्रकारहरु नै आफैले पालेझैगरी अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित पत्रकारहरुले उनको अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन् । पालिखेको अभिव्यक्ति पत्रकारको अपमान हुने गरी आएको भन्दै कार्यक्रम सकिएपछि पनि पत्रकारहरुले महासंघको प्राङ्गणमा विरोध गरे । तर पालिखे आफु बोलेपछि कार्यक्रमवाट बाहिरिएका थिए ।

कार्यक्रममा विगतमा मिडियामा आएका आफ्ना कर्तुतहरुको समेत पालिखेले स्पष्टिकरण दिएका थिए । सिंङ्गो नेपाल पत्रकार महासंघ कास्की, महासंघका पदाधिकारी र संपूर्ण पत्रकार जगतकै अपमान हुने गरी अभिव्यक्ति दिने पालिखेले नेतृत्व गरेको संस्था पोखरा उद्योग वाणिज्य सँघ कसको सहयोगले संचालनमा आएको छ भन्ने वारे हेक्का राख्न समेत पत्रकारहरुले पालिखेलाई चेतावनी दिएका छन्।

स्थानीय सरकारको सहयोग स्वीकार्ने महासंघलाई भिखारीको संज्ञा दिने पालिखेले पोखराको नयाँवजारस्थित प्रदर्शनी केन्द्र आफ्नै हो कि अर्काको हो सो पनि ख्याल राख्न भनेका छन् । पटक पटक चाइना जाँदै आउँदै गर्ने पोखराका व्यापारीका नेता वनेका पालिखे कसैको सहयोग लिएर चाइना जान्छन् कि उनको चाइना ससुराली हो सो पनि खुलाउन पत्रकारहरुले माग गरेका छन्। ससुराली जानै परेपनि विदेशमा भिषाको सहयोग लिनुपर्ने वताउँदै आफू नै टाठो र बाठो हुने गरी दिएको अभिव्यक्ति समग्र पत्रकार र पत्रकारिता माथि धावा वोल्ने खालको भएको पत्रकारहरुले टिप्पणी गरे । अझ पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा मुख्य प्रायोजक, प्रायोजक लगायतका स्वदेशी र विदेशी रक्सीहरुको सहयोग होकि हार्दिकता हो सो पनि प्रष्ट पार्न पत्रकारहरुले चेतावनी दिएका छन् । कोही पत्रकार उनी सम्वद्ध संस्थामा कार्यरत भएको आधारमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् भनेपनि ती व्यक्ति उनका कामदार मात्र नभई समग्र पत्रकारहरुको अगुवाई गर्ने संस्थाका व्यक्ति भएको समेत पत्रकारहरुले पालिखेलाई स्मरण गराएका छन् ।

अझ पालिखेले पत्रकार महासंघको लागि ५० प्रतिशत छुटमा नेट दिने भन्दै ५० प्रतिशत रकम जम्मा गर्न पत्रकार महासंघलाई आग्रह गरेका थिए । उनको यो अभिव्यक्ति पछि आफूले दिने भनका कुरा स्वीस्कार गर्दा भिखारी नहुने नगरपालिका लगायत अन्य संघ संस्थाको सहयोग स्वीकार्दा भिखारी हुने पालिखेको यसमा के स्वार्थ छ भन्दै पत्रकारहरुले यसको खोजविन हुन पर्ने वताएका छन् । सिंङ्गो पत्रकार महासंघ र पत्रकारिता माथि नै अपमान हुने गरी संवोधन गरेका पालिखेले दिने भनेको कुनै पनि सहयोग वहिस्कार गर्नु पर्ने समेत पोखराका पत्रकारहरुले वताए ।

स्थानीय सरकार पोखरा लेखनाथ महानगरपालिकाले संचार क्षेत्रको शशक्तिकरण र उन्नयनको लागि नेपाल पत्रकार महासंघ कास्की शाखामा मिडिया सेन्टर स्थापना गर्न आठ ओटा कम्युटर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको आधिकारिक प्रस्ताव अनुसार नै सो सहयोग गर्न महानगरपालिका तयार भएको हो । यसअघि पनि महासंघको भवन निर्माण गर्दा महानगरपालिका लगायत पोखराका विभिन्न संघ संस्थाहरुले सक्दो रकम सहयोग गरेका थिए । मिडिया सेन्टरको उद्घाटन महानगरका मेयर मानवहादुर जिसीले गरेका हुन । कार्यक्रम महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया