पोखरा सस्तो बजारका व्यवसायीहरुले आज थाली ठटाएर पोखरा बजार परिक्रमा(भिडियो सहित)

पोखरा सस्तो बजारका व्यवसायीहरुले आज थाली ठटाएर पोखरा बजार परिक्रमा(भिडियो सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असार २०७४
  • 25.3K
    Shares

पोखरा सस्तो बजारमा वायु सेवा निगमले ११ दिन देखी लगाएको ताला नखोले पछी पोखरा सस्तो बजारका व्यवसायीहरुले आज पोखरामा विरोध स्वरुप थाली ठटाएर पोखरा बजार परिक्रमा गरेका छन।

आफुले गरि खान पाउ भन्दै लगाएको ताला खोल्न प्रशाशन र महानगरपालिकाले चासो नदेखाएको भन्दै बजार व्यवसायीहरुले थाली ठट्याएर विरोध गर्नु परेको सस्तो बजार व्यवसायी समितीका अध्यक्ष केशव बहादुर भुजेलले बताए।

टेण्डर प्रकिया र गुण्डागर्दी अन्तय सङै बजारमा लगाएको ताला खोल्नु पर्ने माग गर्दै बिगत ११ दिन देखी वजार व्यवसारीहरु आन्दोलनरक्त छन। ११ दिन सम्म बजार नखुल्दा त्यहा भित्र रहेका फलफुल र माछा मासुको दुर्गन्धले बजार वरीपरि समस्या आएको छ।

प्रतिक्रिया