आश तमु पोखरा/ विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आवहान गरेको दिन पोखराको इन्द्रचोकमा शंकास्पद बस्तु भेटिएको छ । विहान साढे १० बजे शंकास्पद बस्तु भेटिएपछि अहिले सो क्षेत्रमा प्रहरीले सुरक्षा दिइरहेको छ ।
सडक किनारमा शंकास्पद बस्तु राखेको पाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले शंकास्पद बस्तु रहेको क्षेत्रमा सवारी आवागमन र सर्वसाधारणलाई हिडडुलमा रोक लगाइएको छ । शंकास्पद बस्तु पहिचान र निश्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगिसकेको छ।