पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी खोजीमा गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछी उनलाई निकाल्न गएका प्रहरी जवान पर्बत घर भई हाल पश्चिम ससस्त्र प्रहरी गण पोखरामा कार्यरत बल बहादुर कुवर पानीमा डुबेका थिए ।
कुवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन ।
पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा पामे नजिकैको चंखपुरस्थित खोलाले बगाएर सोमबार दुई जना बेपत्ता भएका थिए ।