झापामा बाढीको जोखिममा ३ सय बढी घर

झापामा बाढीको जोखिममा ३ सय बढी घर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असार २०७४
  • 7.6K
    Shares

झापा/ केही दिन यता परेको झरीका कारण झापाका विभिन्न नदीमा आएको बाढीले  ३ सय बढी घर जोखिममा परेका छन् । मेची, निन्दा, हडिया, कन्काई, कमल, रतुवा, विरिङ, टाङटिङ जस्ता ठूला नदीमा पानीको सतह बढेको छ ।

कमल गाउँपालिकाको झर्का स्कुल दक्षीण जमीन कटान गरी बाढी गाउँ पसेपछि त्यहाँको डेढसय बढी घर जोखिममा रहेको प्रहरीले जनाएको छ । त्यस्तै भद्रपुर नगरपालिका ३ भैसावाडीमा मेचीको बाढी वस्तीमा पसेपछि १ सय २५ घर जोखिममा रहेका छन् ।

मेचीनगर १५ हेल्दुवारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीय दलबहादुर गुरुङसहितको दुई घर जोखिममा परेको प्रहरीेले जनाएको छ । जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै पौडी खेल्ने क्रममा नदीले बगाएर झापामा एक बालकको मृत्यु भएको छ ।

झापाको हडिया खोलामा पौडी खेल्न गएका मेची नगर १५ का १२ वर्षीय निसान लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई दिन अघि बेपत्ता लिम्वुको शव सोमबार मेची नदी किनारमा फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार