सल्यानमा यात्रुवाहक वस दुर्घटना,”दुईको मृत्यु २६ जना घाइते”

सल्यानमा यात्रुवाहक वस दुर्घटना,”दुईको मृत्यु २६ जना घाइते”


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असार २०७४
  • 7.2K
    Shares

दाङ : दाङबाट रुकुमकोटतर्फ यात्रु बोकेर हिँडेको सिस्ने हिमाल यातायता व्यवसायी समिति रुकुमको ना ४ ख ५७५४ नंम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा दुर्घटना भएको छ ।

सल्यानमा आइतबार बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यान प्रहरी प्रमुख श्याम खत्रीका अनुसार सल्यान अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
बसमा २८ जना यात्रु सवार थिए । बस सल्लेखोलाको भीरबाट सय मिटर तल खेतमा खसेकोे थियो।

घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका लागि लगिएको छ । भीरबाट खेतमा खसेको बसमा सवार यात्रुको उद्धारका लागि प्रहरी र स्थानीयहरु घटनास्थलमा खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार