पोखरा विमानस्थलमा यतीको जहाज ठुलो दुर्घटनाबाट जोगियो

पोखरा विमानस्थलमा यतीको जहाज ठुलो दुर्घटनाबाट जोगियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असार २०७४
  • 9.4K
    Shares

पाेखरा / पाेखरा बिमानस्थलमा बिहीबार अवतरणकाे क्रममा यति एयरलाइन्सकाे जहाज ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे छ। अवतरणकाे क्रममा धावन मार्गमै जहाजको नोज हृविल लक भएपछि बिमानमा समस्या देखिएकाे तर मानवीय क्षती भने केही नभएकाेपोखरा स्थित बिमानस्थलका शुरक्षा अधिकारीहरूले बताएका छन ।

काठमाडौंबाट यात्रु लिएर आएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्समा खराबी देखीए पछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन नसकेकाे बताइएकाे छ । रन-वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो । कुनै क्षति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनले भने, ‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज हृविल लक भयो, जसका कारण विमान दायाँ/बायाँ मोड्न मिलेन । तर, क्षति भने केहीपनि भएन ।’

अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन-वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार