सप्तरीमा बाढीले बिजोगः १५० परिवार उच्च जोखिममा

सप्तरीमा बाढीले बिजोगः १५० परिवार उच्च जोखिममा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 5.9K
    Shares

राजविराज/ शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै खाडो, त्रियुगा, जीतालगायतका नदीमा बाढी आउँदा सप्तरीको आधादर्जन गाउँ डुबानमा परेका छन् ।

बाढीबाट राजविराज नगरपालिकाको वडा नम्बर–९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनीया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीयालगायतका गाउँ डुबानमा परेका हुन् । गाउँमा बाढी पसेकाले ३ फिटसम्म पानी जमेको छ ।

राजविराज–९ र १० का डेढ सय परिवार उच्च जोखिममा छन् ।मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको छ ।

यस्तै, रुपनी गाउँपालिका–२ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखन्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीकाअनुसार बाढीले जिल्लाका १५०० परिवार प्रभावित भएका छन् ।

यसैबीच, जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको पहिचान खुल्न नसकेको एक पुरुषको शव प्रहरीले फेलापारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार