बम टिपेर फाल्ने हबल्दारलाई गृहमन्त्री शर्माको फोन, पुरस्कृत गर्ने घोषणा

बम टिपेर फाल्ने हबल्दारलाई गृहमन्त्री शर्माको फोन, पुरस्कृत गर्ने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 9.6K
    Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर  फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो । मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी हबल्दार रानाले उक्त बमलाई समातेर तत्कालै जंगलतर्फ फ्याकेर सम्भावित दुर्घटना हुनबाट बचाएका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।

दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले सुतरी बम भुइँमा खस्नेबित्तिकै हबल्दार रानाले टिपेर मतदान केन्द्रभन्दा बाहिर फालेको जानकारी दिए । ‘उसले त्यो बहादुरी नदेखाएको भए क्षति हुनसक्थ्यो,’ सिंहले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार