तिन दिनदेखिको अविरल बर्षाले नवलपरासी र तनहु जोड्ने कालिगण्डकीमा निर्माणाधिन पुल बगाएको छ । आज बिहान नवलपरासी डेढगाउ ६ र तनहुको भगवतिपुर ५ मा निमार्ण्धिन पुल बगाएको स्थानीय बिरबहादुर बिश्वकर्माले जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनिले समयमानै पुल निर्माण नगर्दा सो पुल बाढिले बगाएको हो । पुल निर्माणको काम २०६९ साल मंसिरमाबाट थालिएको हो । रसुवा हिमदुङ्ग निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सि प्राली जिएभिले निर्माण थालेको सो पुल २०७२ मा माघमा सम्पन्न गर्नु पर्ने थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०७३ असार मसान्त सम्ममा सक्नुपर्ने गरी समय थप गरीएको थियो । पुलको करीब ७५ प्रतिशत काम सम्पन्न भएकोमा आज पुलको तिन खण्ड मध्य एक भाग बगाएको छ । एक सय पचास मिटर लामो निर्माणाधिन पुलको ५० मिटर भाग बगाएको हो ।
यता हुलास स्टिलले फिटिङ्गको जिम्मा लिएकोमा समयमा सामान नआउँदा र फिटिङ्ग नगर्दा पुलको ५० मिटरको भाग बगाएको निर्माणाधिन पुलका ईन्चार्ज श्रीमान लामाले बताए । पुल नबगाएको भए २०७३ भित्र मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मा अब त्यो असम्भव रहेको र केहि महिन लम्बिने लामाले बताए । निर्माणाधिन पुलले नवलपरासी दलदले, डेढगाउँ हँुदै तनहु खैरेनीटारदेखि पोखरा जोडने थियो । नदिमा हाल झोलुङ्गे पुलबाट स्थानीय आवतजावत गर्ने गर्दछन् ।