मतदाताले मतपेटिकामा एसिड हालिएपछि रोल्पामा मतदान स्थगित

मतदाताले मतपेटिकामा एसिड हालिएपछि रोल्पामा मतदान स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 10.6K
    Shares

लिवाङ । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रोल्पा विप्लवको पकड एरिया भएको छेत्र पनि हो। नेकपाले चुनाव विरोधी गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार