पूर्वजर्नेल कुमार फुदुङ माथि कुटपिट

पूर्वजर्नेल कुमार फुदुङ माथि कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 11.4K
    Shares

काठमाडौं । आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ । प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएको थियो । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका छन् । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।

कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार गरी उपचारका लागि लगेको छ ।

फुदुङको घर परिसर निकै ठूलो छ र बगैंचा पनि छ । त्यहाँ केही समय अघि रिसोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु (सूजिता) ठकुरी आइतबार मृत भेटिएकी थिइन् ।

पाेखरीमा डुबेकाे अवस्थामा शव फेला परेकाे भनिएपनि शरिरभरी निलडाम भेटिनु , पाेखरीमा पानी कम हुनु , कम्मर मुनीकाे कपडा खाेलेर कट्टुमामात्र भेटीनुले घटना थप रहस्यमय बनेकाे छ।  उक्त महिलाकाे कसैले हत्या गरेर पाेखरीमा फालेकाे हुन सक्ने प्रहरी तथा स्थानीयले अनुमान लगाएका छन ।

स्थानियवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा अदालत जानु भन्ने अभिव्यक्ति दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। आक्रोशित स्थानियवासीले फुदोङलाई पक्राउ गर्न माग गरेका थिए। तर, पैसा र पहुँचको भरमा प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुको आरोप छ।

स्थानियवासीले फुदोङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएपछि प्रहरीले उनको उद्धार गरेको छ। इटहरी ४ माफुदोङको ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र घर रहेको छ। उक्त ठाउँमा केही समय अघि मनशान्त रिसोर्टसमेत सञ्चालनमा आएको थियो। उक्त रिसोर्टमा काम गर्ने महिला सोमबार मृत भेटिएकी थिइन्। पोखरीमा डुबेरको अवस्थामा महिलाको शव भेटिएको भए पनि स्थानीयले भने फुदोङमाथि हत्याको आरोप लगाएका छन्।

केही महिना सञ्चालनमा आएर बन्द भएको रिसोर्टमा काम गर्ने गरेको स्थानियले बताएका छन्। यता गोरखामा बस्दै आएका रञ्जुका श्रीमानले भने आफूहरु ९ महिनाअघि नै छुट्टिइसकेको बताउनुभएको छ। तीन दिनअघि मात्र श्रीमानलाई भेट्न गोरखा पुगेकी रञ्जु काठमाडौ जान्छु भनेर हिडेको बताइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार