एमालेले बाड्न लागेको चामल र वियरको गाडी प्रहरी नियन्त्रणमा

एमालेले बाड्न लागेको चामल र वियरको गाडी प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असार २०७४
  • 9.6K
    Shares

पाल्पा । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा र वियर सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो ।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ ।  गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरले गाडी सहितका सामानहरु आफ्नो नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको जनाएको छ ।  नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले कार्यकर्ताहरु गएको गाडी र सामानहरु बाड्न लगिएको थियो की व्यक्तिगत प्रयोजनका लागि लगिएको थियो भन्ने बारेमा अनुसन्धनन भईरहेको बताए । तर गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमान्‌ले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको खाँणको दावी छ ।

गाडीमा भएका सामानहरु मध्य विल भएका भन्दा नभएका सामानहरु धेरै भएकाले पनि शंका गर्ने आधार भने रहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए।

साविकको गेझा गाविस अहिलेको रामपुर नगरपालिका बडा नं. १०मा यसअघि एमालेले जितेको भएपनि गाँउको अवस्था जस्ताको तस्तै भएपछि अहिले पराजित हुने भयले एमाले आत्तिएको छ । मतदातालाई प्रभावित पार्न एमाले कार्यकर्ताहरुले अनेक लोभ देखाउने, भ्रममा पार्ने र धम्की दिने गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार