कञ्चनपुर / प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले) सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए ।
‘मधेसीले केही माग राखेका छन्’, प्रधानमन्त्री देउवाले भने, ‘दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।’संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए ।
उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, ‘अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।’ महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी उनले दिए ।
चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ ।