मधेसी समुदायभित्र मुस्लिम समुदायलाई राखे एमालेले प्रतिवाद गर्ने – केपी शर्मा ओली

मधेसी समुदायभित्र मुस्लिम समुदायलाई राखे एमालेले प्रतिवाद गर्ने – केपी शर्मा ओली


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 10.1K
    Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म र जातका आधारमा हुने बिभेद आफ्नो पार्टीलाई अस्विकार्य हुने भन्दै उनले अधिकार, अवसर र समानताको पक्षमा एमाले रहेको बताएका छन् । मधेसी समुदायभित्र मुस्लिम समुदायलाई राख्न नहुने भन्दै ओलीले त्यसो गरे एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

काठमाडौं महानगरपालिकाका नवर्निवाचित प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण वडा अध्यक्षहरुको सम्मानमा नेपाल मिलत परिषदले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा नजानेहरुले मुलुकको हित नचाहेको दाबी गरे ।

उनले मुस्लिम समुदाय अल्पसंख्यक भएकाले उनीहरुलाई राज्यका प्रत्येक निकायमा समान सहभागिता आवश्यक रहेको बताए । मुस्लिमहरु निर्वाचनको पक्षमा रहेको भन्दै उनले निर्वाचनपछि आफ्ना हक, अधिकार सुनिश्चित हुनेमा आशावादी रहेको बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका नवर्निवाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पूर्ण प्रतिनिधिलाई अध्यक्ष ओलीले सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार