नेपाल कम्युनिस्ट पार्टीले दार्जिलिङमा जारी गोर्खाल्याण्डको पक्षमा प्रदर्शन गर्ने

नेपाल कम्युनिस्ट पार्टीले दार्जिलिङमा जारी गोर्खाल्याण्डको पक्षमा प्रदर्शन गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 31.4K
    Shares

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले दार्जिलिङमा जारी गोर्खाल्याण्डको पक्षमा प्रदर्शन गर्न लागेको छ ।

दार्जलिङमा जारी नेपाली भाषीमाथि भारतको पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा असार १२ गते प्रदर्शन गर्न लागेको नेकपाले जनाएको छ ।

असार १२ गते २ बजे शान्तिवाटीकाबाट विरोध जुलुश सुरु भएर लैनचौरस्थित भारतीय दुतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेकपाका अन्तर्राष्ट्रिय विभागले जनाकारी दिएको छ ।

बनर्जी सरकारले नेपाली भाषीमा गरेको दमनको विरोधमा दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार