घुससहित राजश्व अनुसन्धानका अधिकृत अख्तियारको नियन्त्रणमा

घुससहित राजश्व अनुसन्धानका अधिकृत अख्तियारको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 9.6K
    Shares

काडमाडौंः राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत दुई जना अधिकृत घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजश्व अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई सेवाग्राहीबाट घुस लिदै गरेको बेला नियन्त्रणमा लिएको हो ।

कर मिलाईदिने भन्दै राजश्वका अधिकारीहरुले घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले नगद पाँच लाख ७० हजार रुपैयाँ घुस लिइरहेको बेला विहीबार नियन्त्रणमा लिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आयोगले थप छानविन गरिरहेको समेत जनाएको छ ।

प्रतिक्रिया