डेढ वर्षयता अर्धभूमिगत छन् नेत्रविक्रम चन्द ‘विप्लव’। उनी महासचिव रहेको नेकपा माओवादी ४६ सदस्यीय केन्द्रीय समिति देखिँदै हराउँदै छ । युद्धको झल्को दिने अर्धसैन्य संरचना, सन्तोष बुढामगरको नेतृत्वमा संयुक्त क्रान्तिकारी परिषद् ब्युँताएका छन् ।
कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन्– नाकाबन्दीका बेला कालाबजारियामाथि छिटफुट जनकारबाही प्रचारात्मक बलमा शक्ति आर्जन उनको पछिल्लो परिचय बन्न पुगेको छ ।
पार्टीले गरेको शृंखलाबद्ध एनसेल टावर आक्रमणसँगै सुरक्षा सक्रियता बढेपछि सबै केन्द्रीय नेताले आ–आफ्नै पुराना उपनाम बदलेर नयाँ ‘टेक नेम’ राखेका छन् । कतिपय भने, छद्म नामकै कारण काठमाडौं उपत्यका र व्यूरोस्तरकै नेताहरु अव आफ्ना केन्द्रीय नेता चिन्न छाडिसके । मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा जनसरकार घोषणा भइसकेको नेताहरु दावी गर्छन् ।
– See more at: http://www.netpatrika.com/2016/07/19425/#sthash.LlW6cKHs.dpuf