प्रचण्डलाई २५ किलोको माला

प्रचण्डलाई २५ किलोको माला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असार २०७४
  • 10.1K
    Shares

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाँकेमा २५ किलोको मालाले स्वागत गरिएको छ ।

बाँकेका ब्यापारीहरुले प्रचण्डलाई २५ किलोको माला लगाएर स्वागत गरेका हुन् । पार्टीका चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुगेका प्रचण्डलाई नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला पहिर्‍याएर स्वागत गरेका थिए ।

नेपालगन्जमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भएका बैश्य लगायतका ब्यवसायीहरुले सोही कार्यक्रममा प्रचण्डलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले माओवादी केन्द्रका मेयरका उम्मेदवार दामोदर आचार्यको प्यानललाई मत मागेका थिए । माओवादी अध्यक्ष प्रचण्डले बुधबार बाँकेको खजुरा, कोहलपुर र बैजनाथका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया