ललितपुरमा युवतीहरुबीच विवाद हुँदा, छुरा प्रहार गर्दा १७ वर्षीया कोपिला गिरी घाइते

ललितपुरमा युवतीहरुबीच विवाद हुँदा, छुरा प्रहार गर्दा १७ वर्षीया कोपिला गिरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 11.7K
    Shares

ललितपुर/ ललितपुरमा युवतीहरुबीच विवाद हुँदा युवतीकै एक समूहले छुरा प्रहार गर्दा १७ वर्षीया कोपिला गिरी घाइते भएकी छन् ।

प्रहरीले बुधबार दिएको जानकारी अनुसार युवतीहरुको समूहले छुरा प्रहार गर्दा काभ्रे, बनेपा बस्ने कोपिला घाइते भएकी हुन् । मंगलबार ललितपुर महानगरपालिका–१५, सातदोबाटो चोक नजिक सो घटना भएको प्रहरीले जनाएको छ ।

बानेश्वर बस्ने सलिना राई लगायत ५ जनाको समूहले पुरानो विवादका कारण कोपिलालाई छुरा प्रहार गरेको बताइएको छ ।घाइते कोपिलालाई उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चार युवतीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार