आज अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए

आज अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ कार्तिक २०८३
  • 1.4K
    Shares

पोखरा , २५ कार्तिक २०८३।

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर र दिनारको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा छ। हिजो युरो १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ०७ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०४ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा थियो। 

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। 

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया
सम्बन्धित समाचार