नुवाकोटमा मोटरसाइकल दुर्घटनाग्रस्त : दुई युवतीसहित तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटनाग्रस्त : दुई युवतीसहित तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 1.3K
    Shares

नुवाकोटमा मोटरसाइकल दुर्घटनाग्रस्त : दुई युवतीसहित तीन जनाको मृत्यु

पोखरा, २३ कात्तिक २०८३ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा एउटै मोटरसाइकलमा चढेका दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ।

जिल्लाको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट  १०० मिटर तल खस्दा तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ,नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार