सुपा देउराली माइको दर्शन गरेर फर्किँदै गरेको तिर्थालू सवार बस अर्घाखाँचीमा दुर्घटना, ३२ जना घाइते (नामावलीसहित)

सुपा देउराली माइको दर्शन गरेर फर्किँदै गरेको तिर्थालू सवार बस अर्घाखाँचीमा दुर्घटना, ३२ जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०८३
  • 1.5K
    Shares

अर्घाखाँची, २१ कार्तिक २०८३।

सुपा देउराली माइको दर्शन गरेर फर्किँदै गरेको तिर्थालू सवार बस अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा ३२ जना घाइते भएका छन।

नवलपरासीको सुनवल–६, पुरानो गाउँबाट सुपा देउराली मन्दिर दर्शनका लागि गएका तीर्थालू सवार लु २ ख ३७२ नम्बरको बस फर्किदै गर्दा अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा ब्रेक फेल भएर मोटरसाइकललाइ समेत ठक्कर दिंदा ३२ जना घाइते भएका छन्। उक्त अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरू:

१. रुपन्देही देवदह न.पा.–५ बस्ने वर्ष ३२ का मदन श्रेष्ठ
२. बस चालक देवदह–५ बस्ने वर्ष ४४ का शेरबहादुर थापा
३. पश्चिम नवलपरासी सुनवल न.पा.–६ बस्ने वर्ष ५२ का चेतन ठकुरी
४. सुनवल–६ बस्ने वर्ष ६८ का ध्रुवनाथ कवर
५. सुनवल–६ बस्ने वर्ष ९० की भिमकुमारी ठकुरी
६. सुनवल–६ बस्ने वर्ष ४८ का श्याम बुढाथोकी
७. सुनवल–६ बस्ने वर्ष ६५ की लबनी कवर
८. सुनवल–६ बस्ने वर्ष ५५ का कृष्ण चापागाईं
९. सुनवल–६ बस्ने वर्ष ४४ की सुनरपती कवर
१०. सुनवल–६ बस्ने वर्ष ४८ का कृष्णनाथ कवर
११. सुनवल–६ बस्ने वर्ष ७ का रोशन कवर
१२. सुनवल–६ बस्ने वर्ष ४३ की राम के.सी. चौधरी
१३. सुनवल–६ बस्ने वर्ष ६१ का डिलु भण्डारी
१४. सुनवल–६ बस्ने वर्ष २२ का अस्बिन ठकुरी
१५. सुनवल–६ बस्ने वर्ष ७३ का कर्णबहादुर थापा
१६. सुनवल–६ बस्ने वर्ष ४४ का कमल थापा
१७. सुनवल–६ बस्ने वर्ष ३० की दिलकुमारी कवर
१८. निजकी छोरा १८ महिने सुजल कवर
१९. सुनवल–६ बस्ने वर्ष ३० की टिका कवर
२०. सुनवल–६ बस्ने वर्ष २१ की सृष्टि ठकुरी
२१. सुनवल–६ बस्ने वर्ष ४५ की दुर्गा ठकुरी
२२. सुनवल–६ बस्ने वर्ष १६ की प्रमिसा गौतम
२३. सुनवल–६ बस्ने वर्ष ७१ की कमला गौतम
२४. सुनवल–६ बस्ने वर्ष ४२ की तिलकुमारी थापा
२५. सुनवल–६ बस्ने वर्ष २६ की जयकुमारी कवर
२६. सुनवल–६ बस्ने वर्ष ८७ का चन्द्रबहादुर ठकुरी
२७. सुनवल–७ बस्ने वर्ष ९ की सुहाना थापा
२८. सुनवल–६ बस्ने वर्ष ९ का बिनय कुमाल
२९. सुनवल–६ बस्ने वर्ष ४६ की हिरामाया थापा
३०. सुनवल–६ बस्ने वर्ष ५० की मिना मल्ल
३१. मोटरसाइकल चालक अर्घाखाँची सितगंगा न.पा.–१, सुवर्णखाल बस्ने वर्ष २१ का सुशील सिजापती
३२. मोटरसाइकल पछाडि सवार अर्घाखाँची सन्धिखर्क न.पा.–७, खाँची गौचर बस्ने वर्ष १२ का मनिष गुरुङ

उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार