गोरखामा ट्र्याक्टरको ट्रली पल्टिँदा पांचजना घाइते

गोरखामा ट्र्याक्टरको ट्रली पल्टिँदा पांचजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८३
  • 209
    Shares

गोरखा, १७ २०८३।

गोरखामा ट्र्याक्टरको ट्रली पल्टिँदा पांच जना घाइते भएका छन्।

छेपेटारबाट इँटा बोकेर चोरकाटेतर्फ जाँदै गरेको ना ६ त ५८५१ नम्बरको ट्र्याक्टरको ट्रली आज बिहान साढे १० बजेतिर पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा पल्टिंदा पांच जना घाइते भएका हुन्।

घाइते हुनेमा ३५ वर्षीय प्रदीप तामाङ, ३१ वर्षीय कुमार तामाङ, ३८ वर्षीया फूलमाया नेपाली, ३७ वर्षीय मैते लामा र ४९ वर्षीया पदमकुमारी थापा रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरू सबै गोरखा न.पा.-१० छेपेटारका स्थानीय हुन्।

ट्रलीमा सवार घाइते पाँचै जनालाई छेपेटार अस्पताल लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार