काठमाडौं, १७ कार्तिक २०८३।
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सो दिन बिहान ११:०७ बजेको साइत भाइटीकाका लागि उत्तम रहेको छ। सो साइतमा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्ने उनले बताए।
समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ।
कात्तिक २० गते शुक्रबार धन त्रयोदशी र यमदीपदानबाट यमपञ्चक सुरु हुनेछ। कात्तिक २१ गते शनिबार काग तिहार, कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ।
त्यस्तै कात्तिक २३ गते सोमबार गाईपूजा र कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरु पूजा र म्हःपूजासँगै नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाइनेछ।
पाँच दिनसम्म मनाइने यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते भाइटीका मनाएसँगै तिहार पर्व समापन हुनेछ।
यमपञ्चकको कार्यक्रम तालिका:
- कात्तिक २०, शुक्रबार: धन त्रयोदशी (धनतेरस) र साँझ यमदीपदान
- कात्तिक २१, शनिबार: काग तिहार र धन्वन्तरि जयन्ती
- कात्तिक २२, आइतबार: नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा
- कात्तिक २३, सोमबार: गाईपूजा
- कात्तिक २४, मंगलबार: गोवर्धन पूजा, गोरु पूजा, बलि पूजा, हलि तिहार र म्हःपूजा। यसै दिनदेखि नेपाल संवत् ११४७ सुरु हुनेछ।
- कात्तिक २५, बुधबार: भाइटीका